×

एकिकृत बस्ती तिरुमा सामुदायिक स्वास्थ्य ईकाईको स्थापना


माघ १५,लाङटाङखबर/काठमाडौं- रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा न १ तिरुमा निर्माण हुन लागेको एकिकृत बस्तीमा स्वास्थ्य इकाइको स्थापना भएको छ । बुधबार गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले उद्घाटन गरेको यस स्वास्थ्य इकाइले स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेकाहरुलाई सेवा प्रदान गर्ने उदेश्य राखेको लम्सालले बताएका छन् ।

एकिकृत बस्तीमा स्थापना गरिएको उक्त र्ईकाइमा गाउँपालिकाले एक जान अहेब खटाईने लम्सालको भनाई छ । विनासकारी भूकम्पले घर भत्किएपछि गोगने, हाकु र अन्य स्थानका गरि लगभग २ सय घरपरिवार यस बस्तीमा बस्दै आएका छन् । सामान्य बिरामी हुँदा पनि उपचारका लागि बेत्रावति, त्रिशुलीमा जानुपर्ने बाध्यता थियो । बस्तीमा नै स्वास्थ्य र्ईकाइ स्थापना भएपछि यहाँका बासिन्दाहरुमा खुशी छाएको छ ।

उद्घाटनसँगै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुईसय भन्दा बढी स्थानियले स्वास्थ्य परिक्षणको सेवा लिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन खड्काले बताए ।

#उत्तरगया गाउँपालिका 

 

सम्बन्धित खवर