×

नेपाल तामाङ विद्यार्थी घेदुङको २७ औं स्थापना दिवसको अवसरमा मुखपत्र ‘म्हेदाङ’ को विमोचन


माघ १६,लाङटाङखबर/काठमाडौं- नेपाल तामाङ विद्यार्थी घेदुङको २७ औं स्थापना दिवस भव्यताका साथ मनार्ईएको छ । घेदुङले स्थापना दिवससँगै मुखपत्र ‘म्हेदाङ’को विमोचन र आउँदै गरेको ल्होछार, मञ्जुश्री सम्वत् २८५७, लाङ ल्हो (म्हे) को अवसरमा शुभकामना आदनप्रदान तथा वृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

विहिवार काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित उक्त कार्यक्रममा नेकपा नेता बामदेव गौतमको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल तामाङ विद्यार्थी घेदुङ संघीय कार्यसमितिका अध्यक्ष दिनेश लोले प्रमुख अतिथि गौतमलार्ई स्वागत स्वरुप तामाङ टोपी लगाईदिएका थिए । साथै प्रमुख अतिथि गौतमले छ्योमे बालेर कार्यक्रमको उद्घाटन गरेसँगै म्हेदाङको विमोचन गरेका हुन् । तामाङ समुदायको माग, मुद्धासँगै देशको मुल राजनीतिमा समेत तामाङ विद्यार्र्थीहरुको ठूलो योगदान रहेको गौतमले बताए । नेपाल राष्ट्र निर्माण र नेपालको संस्कृतिमा समेत तामाङ संस्कारको महत्वपूर्ण भूमिका रहेको गौतमको भनार्ई छ ।

विद्यार्थी घेदुङको २७ औं स्थापना दिवस मनाउँदै गर्दा अध्यक्ष दनेश लोले घेदुङ स्थापनादेखि यहाँसम्म ल्याउन सहयोग पुर्याउने सम्पूर्ण अग्रजहरुलाई धन्यवाद व्यक्त गरे । विद्यार्थी घेदुङले गर्ने कार्यक्रम तथा क्रियाकलापले समुदायलाई जागृत गर्र्न समेत सहयोग पुर्याउने उनको भनार्ई छ । साथै राज्य प्रति ईमान्दार र सदैव समुदायको हक हितमा उत्तरदायी भई लागि पर्न समेत सम्पूर्र्ण तामाङ विद्यार्थीहरुलार्ई आग्रह गरेका छन् ।

ल्होछारको शुभकामनासंगै वृहत साँस्कृतिक कार्यक्रममा सिन्धुली विद्यार्थी घेदुङका नृत्य टोलीले स्वागत नृृत्य प्रस्तुत गरेका थिए । साथै तामाङ समुदायका चर्चित कलाकारहरु निर्मला घिसिङ, अन्जु थोकर, म्हेन्दोमाया ग्रुपका कलाकार राम गोम्जा, विना घले, लक्ष्मी स्यङ्तान र मिस तामाङका कार्यक्रम निर्देशक रन्जिता तामाङ रहेका थिए ।

विद्यार्थी घेदुङको सातौं सम्मेलनबाट मनोनित कार्यसमितिले विद्यार्थी घेदुङको मुखपत्र “म्हेदाङ” को नियमित प्रकाशन गर्ने निर्णय गरेको थियो । मुखपत्रको माध्यमबाट तामाङ युवा विद्यार्थीलाई भाषा, धर्म, लिपि, संस्कार, संस्कृति बारेमा जानकार गराउने र घेदुङको गतिविधिहरुबारे समेत जानकारी दिने म्हेदाङको उदेश्य रहेको छ । विद्यार्थी घेदुङका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख हैकम घिसिङ कार्यकारी सम्पादक रहेको म्हेदाङको सम्पादन मण्डलमा अष्टमान लो, विशाल तामाङ, क्षितिज तामाङ, जेनज्या तामाङ, सुनिता तामाङ र कमला पाख्रिन रहेका छन्। म्हेदाङको संरक्षकमा भने विद्यार्थी घेदुङ अध्यक्ष दिनेश लो तामाङ रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि नेकपा नेता बामदेव गौतम,विशिष्ट आतिथिमा भाषाविद् तथा अनुसन्धानकर्ता अजितमान तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद उपाध्यक्ष कुमार ब्लोन तामाङ रहेका थिए। साथै अन्तर्राष्ट्रिय तामाङ परिषद् सचिव एवम् लिपिविद् प्रतिक ङेसुर, नेपाल तामाङ घेदुङ संघीय सचिव रामकृष्ण ब्लोन, घेदुङका कोषाध्यक्ष रुप योञ्जन, संस्कृति घेदुङ संघीय अध्यक्ष छेवाङ तेन्जिङ लामा, युवा घेदुङ अध्यक्ष बिलम मोक्तान, घेदुङ संघीय सदस्य तथा विद्यार्थी घेदुङका सल्लाहकार सरोज मोहन लामा, प्रमुख सल्लाहकार हर्कमान तामाङ, सल्लाहकार सोमराज घ्लान, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद चौधरी, शेर्पा विद्यार्थी संघका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रम उद्घोषण भने विद्यार्थी घेदुङका महासचिव सुकसागर तामाङले गरेका थिए ।

नेपाल तामाङ विद्यार्थी घेदुङ तामाङ समुदायको हक हितका लागि स्थापनाकादेखि नै ज्वलन्त रुपमा लागि पर्र्दै आईरहेको संगठन हो । देशैभरीका तामाङ विद्यार्थीहरुको संलग्नता रहेको यस संगठनले तामाङ समुदायको भाषा, संस्कृत र परम्परासँग सम्बन्धित रहि काम गर्दै आईरहेको छ ।

#विद्यार्थी घेदुङ

सम्बन्धित खवर