×

आज दिनभर नुवाकोट र रसुवा जिल्ला बन्द


माघ १७, लाङटाङखबर/काठमाडौं- आज दिनभर नुवाकोट जिल्ला र रसुवा बन्द भएको छ । शुक्रबार टिप्परको ठक्करबाट रसुवाका छविलाल न्यौपानेको मृत्यु भएपछि उनको आफन्तले दुवै जिल्ला बन्द गराएका हुन् ।

शुक्रबार विहाना नुवाकोट वेलकोटगढी नगरपालिका वडा नं ५ स्थित केउरेनीमा बा ४ ख ६५९४ नम्बरको टिप्परले बा ७५ प ७६११ नम्बरको मोटरसार्ईकललाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट घाईते भएका न्यौपानेलाई प्रहरीले त्रिशुली अस्पताल पुर्याएका थिए । तर अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषण गरेका थिए ।

मृतक रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा न.५ बडहरेका १९ वर्षिय छविलाल न्यौपाने रहेको प्रहरीले जनाएको छ । न्यौपानेको मृत्युसँगै दोषिलाई कारबाही र पिडितलार्ई न्यायको माग गर्दै शनिबार उनको आफन्तले नुवाकोट र रसुवा बन्द गराएका हुन् ।
टिप्पर चालक ४० वर्षिया अमृत लामा र टिप्परलार्ई प्रहरीले नियन्त्रणमा लिएको नुवाकोट प्रहरीले जनाएको छ ।

#मृत्यु

सम्बन्धित खवर