×

बाध्यताले होटल व्यवसायी बनेका निसान गजुरेल भाँडा माझ्ने कामदेखि होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्षसम्म


भावना लामा

माघ १७,लाङटाङखबर/काठमाडौं- होटल व्यवसायसँगै पर्यटनलाई अग्रपक्तिमा राखेर काम गर्दै आईरहेका छन् होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निसान गजुरेल । गजुरेलका अनुसार होटल र पर्यटन एक अर्काको परिपुरक हुन् । तसर्थ यी दुवैलार्ई एकैसाथ अगाडी बढाउनुपर्नेमा उनको जोड छ ।

कुनै समय ठमेलको होटलमा भाँडा माझ्ने काम गरेका गजुरेल हाल स्थापित एक होटल व्यवसायी हुन् । सुरुवाति दिनमा बाध्यताबस होटल व्यवसायमा लागेका उनी आजभोली भने यहि क्षेत्रमा रमाउन थालेका छन् । एक सफल होटल व्यवसायीसँगै रसुवाभरिका होटल व्यवसायीको अभिभावक बनेका छन् गजुरेल । वर्तमानमा देखिएको उनको यो सफलताको पछाडि भने थुप्रै संघर्षहरु लुकेका छन् ।

२०५६ सालमा उच्च शिक्षा अध्ययनका लागि रसुवाबाट काठमाडौं छिरेका थिए उनी । राजधानी छिरेसँगै आफ्नो अध्ययनको लागि खर्च जुटाउनुपर्ने बाध्यता त थियो नै । साथमा परिवारको आर्थिक जिम्मेवारी पनि थपिएको थियो । पारिवारिक अवस्था नाजुक भएकोले जसरी नि कमाउनुपर्ने उनको बाध्यता बन्यो । कामको खोजीमा उनी ठमेलको एउटा होटलमा भाँडा माझ्न पुगे । कमाउनुपर्ने उनको रहरसँगै बाध्यता थियो । तर होटलमा भाँडा माझने काम केबल बाध्यता थियो उनको लागि । भन्नै नै हो भने उनलाई होटल लाईन मन नपर्ने क्षेत्र थियो ।

होटलमा भाँडा माझेर कमाएको कमार्ईले पढाई खर्च धान्न र घरमा पठाउन मुस्किल पर्थ्यो । साथीभाईसँग रमाउने त रहर मात्रै हो । त्यसमाथि काठमाडौंको महंगीको झन के कुरा ? रहरलार्ई एकातिर थन्काएर बाध्यताको भारी बोकी लगातार लम्किरहे उनी । लगातार दुर्ई वर्ष, ०५६ देखि ०५८ सालसम्म होटलमा भाँडा माझ्ने कामले उनलार्ई केहि अनुभवी भने बनायो । धेरथोर कमाईले आफ्नो अध्ययनसँगै घरमा ५ जना भाईबहिनीको जिम्मेवारी पनि निभाउदै थिए । ०५८ सालमा देशभर दरबार हत्या काण्डले सनसनी फैलायो । सोहि समयबाट गजुरेल पुन रसुवा जिल्ला फर्किए । रसुवा फर्किएसँगै उनले गोसार्ईकुण्ड पदमार्गस्थित लौरी विनामा बेकरी सपमा काम सुरु गरे । मासिक ४ हजार रुपैयाँ कमाई हुने भएपछि उनी सोहि काममा रमाउन थाले ।

उनले गर्ने काम एकातिर थियो भने उनको रुचिको विषय अर्कै थियो । आफ्नो रोजाईको क्षेत्रमा काम गर्न पाउने मानिस भाग्यमानि लाग्छ उनलार्ई । सानै उमेरदेखि उनले पनि आफ्नो ईच्छाको क्षेत्र रोजेका थिए, मन मनै । एसएलसी सकेपछि आफ्नो रोजार्ईको विषय अध्ययन गर्ने सपना थियो उनको । तर सोचे जस्तो कहाँ हुन्छ र मान्छेको जीवनमा ? सानै उमेदेखि पारिवारिक जीम्मेवारीले थिचेकाले मनको रहर मनमै सिमित राख्नुपर्यो ।

ईलेक्ट्रिकल ईन्जिनियरिङ पढ्ने उनको सानै देखिको सपना, तर आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि ति सपना केबल सपना नै रह्यो । अझै पनि उनी ति सपनालार्ई बेलाबखत सम्झिने गर्छन् ।

०५८ सालदेखि ०६२ सालसम्म उनले बेकरी सपको कामलार्ई निरन्तरता दिए । आम्दानीसँगै काम सिक्ने अवसर भरपुर मिल्यो । साथै ०६२ सालमा नै उनी वैवाहिक जीवनमा बाँधिए । वैवाहिक जीवनमा बाँधिएसँगै थप जीम्मेवारी आईलाग्यो उनीमाथि । केहि वर्ष यसैगरी अरुको होटलमा काम गरेपछि उनले आफ्नै होटल सञ्चालन गर्ने सोच बनाए । होटल सञ्चालन गर्ने योजनामा लागि परेका उनीसँग लगानी भने थिएन । थियो त केवल होटल क्षेत्रमा काम गरेको दशक लामो अनुभव । ०६६ सालमा उनले ऋण खोजेरै भएपनि आफ्नो योजना पुरा गरे । रसुवाको सदरमुकाम धुन्चेमा उनको सोच फैलियो र खुल्यो 'नमस्ते गोसार्ईकुण्ड होटल' ।

होटल क्षेत्र रुचिको क्षेत्र नभएपनि सोहि क्षेत्रले तानेको उनलाई सफलताले पनि साथ दियो । होटलबाट रामै कमाई हुन थालेपछि केहि वर्षमै ऋण तिरेर धुन्चेमै घर बनाउन सफल भए । उनको यो लगनशिलतामा भने ०७२ सालको विनाशकारी  भूकम्पले केहि अफ्ठेरो सिर्जना गरिदियो । तर आत्मविश्वास बलियो रहेको उनले ०७२ सालपछि पुन होटल सञ्चालन गर्न थाले । भूकम्प अघि विदेशी पर्र्यटकलाई मात्रै स्वागत गर्दै आर्ईरहेका उनले ०७२ पछि भने उल्लेख्य संख्यामा स्वदेशी पर्यटकलार्ई समेत स्वागत गर्न थाले । हाल उनले अनलार्ई होटल बुकिङको सेवा समेत सुरु गरेका छन् । दैनिक रुपमा ८ देखि १० ग्रुप अनलार्ईन मार्फत आउने गरेको उनी बताउँछन् ।

हाल उनी  होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्षको रुपमा रहेका छन् । होटल व्यवसायसँगै पर्यटनलाई समेत उनले अगाडी बढार्ईरहेका छन् । रसुवा जिल्लामा रहेका होटलहरुले पर्यटनको सेवा समेत प्रदान गर्दै  आर्ईरहेको उनको भनाई छ । होटलमा आउने पाहुनाले गाईडको माग गरेमा गार्ईडको सेवा समेत दिने गरेका छन् । यसका अलावा जिल्लाभरका होटलहरुले पर्यटकलार्ई आवश्यक पर्ने सूचना दिने र गन्तव्यको बारेमा राखेको जिज्ञासा बारे खुलेर बोल्नुपर्ने बारे संघले अभियान नै थालेको छ । जिल्लामा ट्रेकिङ एजेन्सीहरु रहेतापनि खासै चहलपहल नरहेकोले पर्यटनलार्ई होटल व्यवसायीले मध्यनजर गर्न थालेको अध्यक्ष गजुरेलले बताए ।

धार्मिक रुपमा प्रसिद्ध गोसार्ईकुण्ड क्षेत्र, लाङटाङ हिमाल, साञ्जेन भ्याली, लगाएतका थुप्रै पर्यटकीय क्षेत्र रहेको रसुवामा जिल्लामा होटल व्यवसाय आम्दानीको राम्रो स्रोत बनेको छ ।

#रसुवा

सम्बन्धित खवर