×

विप्लव समुहमाथिको प्रतिबन्ध फुकाउन सरकारको तयारी


माघ १८ , लाङटाङखबर/काठमाडौं- सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्र्टीमाथि लगाएको प्रतिबन्ध फुकाउने तयारी गरेको छ । २०७५ फागुन २५ मा सरकारले विप्लव नेतृृत्वको नेकपामाथिको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

ओली सरकार प्रतिनिधिसभा विघटन गरि निर्वाचनमा जाने तयारीमा रहेको छ । सरकारले निर्वाचनका लागि सहज वातावरण निर्माण गर्न विप्लवसँग औपचारीक छलफल जारी राखेको विप्लव निकट स्रोतले जनाएको छ । विप्लव नेतृत्वमो नेकपाको सचिवालयमा विप्लवसँगै खड्गबहादुर विश्वकर्मा हेमन्तप्रकाश ओलि र धर्मेन्द्र बास्तोला रहेका छन् । ओली र बास्तोला पक्राउ परेपछि हाल सचिवालयमा विप्लव र विश्वकर्मा मात्रै छन् । ओली सरकारको निकटता अघि नै विश्वकर्मा भने वार्ताको पक्षमा रहेका थिए ।

सरकारले विप्लव पक्षसँग वार्ता गर्ने प्रयास गरेता पनि सम्भव नभएपछि प्रतिबन्ध फुकाउन लागेको स्रोतले जनाएको छ । वार्ताका लागि तयार भएका विप्लवले भने पक्राउ परेका आफ्ना कार्यकर्र्ता र नेताको रिहार्ईपछि मात्रै वार्ता गर्ने सर्त राखेको बुझ्न आएको छ ।

सरकारले प्रतिबन्ध लगाएसँगै उक्त समुहका दुर्ई हजारभन्दा बढी नेता तथा कार्यकर्र्तालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका मध्ये १७ सय ९१ ज्ना छुटिसकेका छन् भने बाँकी १ सय ३४ जना पुर्र्वपक्षका लागि कारागार चलान भएका छन् ।

#'विप्लव

 

सम्बन्धित खवर