×

निर्वाचन आयोगमा दलको आधिकारिकताको दाबी पेशमा प्रचण्ड - नेपाल


माघ २०,लाङटाङखबर/काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा दलको आधिकारिकताको दाबी पेश गरेका छन् । प्रचण्ड–नेपाल पक्षले २७५ जनाको हस्ताक्षरसहित  आयोगमा दाबी पेश गरेका हुन् ।

मंगलबार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४३ अनुसार पार्टीका नाम, चुनाव चिह्न, झण्डा आदि मागदाबी गर्दै निवेदन दर्ता गरेर फर्किएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

खनालका अनुसार प्रचण्ड–नेपाल समूहले पुस ५ गतेदेखि बसेको दुईवटा केन्द्रीय कमिटीको बैठकमा भएको निर्णय, त्यसको प्रतिलिपि, तेस्रो केन्द्रीय कमिटी बैठक उपस्थित दुई तिहाइ केन्द्रीय सदस्यको हस्ताक्षर, पुस १९ गते बसेको केन्द्रीय कमिटीको चौथो बैठकको निर्णय सहित अधिकारिकता–दाबी गरिएको उनले जानकारी दिएका छन् ।

नेकपाका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निवेदन दर्ता गरिएको बताए । आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई नै मान्यता दिएको थियो । अहिले नेकपामा राजनीतिक नियुक्ति खाएका र मृत्यु भएका बाहेक ४३४ सदस्य बहाल छन् ।

#नेकपा

सम्बन्धित खवर