×

तेस्रो जनआन्दोलनको थालनी भएको गृह मन्त्रीको भनाई


माघ २३,लाङटाङखबर/काठमाडौं- केपी शर्मा ओली नेतृत्वको नेकपाले आयोजना गरेको आमसभाको सम्बोधनमा गृह मन्त्री रामबहादुर थापा 'बादल' ले नेपालमा जनआन्दोलन शुरु भएको बताएका छन् । शुक्रबार काठमाडौंको नायाणहिटि अगाडी आयोजना गरिएको आमसभामा बोल्दै गहमन्त्रीले तेस्रो जनआन्दोलन शुरु भएको बताएका हुन् ।

आमसभा सम्बोधनको क्रममा थापाले भने ‘आज यो असाधारण परिस्थिति शुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ । प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र शुरु भएको छ ।’ बताएका छन् । अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको पनि उनले उल्लेख गरे । उनले आम निर्वाचनको माध्यमबाट आफूहरुले आन्दोलनको थालनी शुरु गरेको बताएका छन् ।

अबको आन्दोलन मांसाहारी हुन्छ भन्ने नेकपाका अध्यक्ष प्रचण्डको भनाईलाई लक्षित गर्दै उनले भने,‘अहिले केही व्यक्तिले मांशाहारी आन्दोलन गर्ने भनेका छन् । म ती व्यक्तिलाई भन्न चाहन्छु, हाम्रो संविधान र कानुनले त्यस्ता आन्दोलनलाई बन्देज लगाएको छ । त्यस्ता मांशाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको जू मा लगेर बन्द गरिनेछ ।’

#गृहमन्त्री #बादल

सम्बन्धित खवर