×

ल्होछार कार्यक्रमको अवसरमा कमलामार्ई नगरपालिकालाई विद्यार्थी घेदुङको कदरपत्र


माघ  २३, लाङटाङखबर/काठमाडौं- नेपाल तामाङ विद्यार्थी घेदुङ सिन्धुलीले आयोजना गरेको ल्होछार कार्यक्रममा कमलामाई नगरपालिकालाई कदरपत्र प्रदान गरेको छ । सोनाम ल्होछारको अवसरमा नगरपालिकाले दुई दिन विदा दिने व्यवस्था गरेकोमा विद्यार्थी घेदुङ बाग्मती प्रदेशले सम्मान स्वरुप कदरपत्र प्रदान गरेको हो ।

सोनामा ल्होछार २८५७ औं लाङ (म्हे) ल्हो (गार्ई वर्ग) को अवसरमा नेपाल तामाङ विद्यार्थी घेदुङ सिन्धुलीले कविता प्रतियोगीता, शुभकामना आदान प्रदान तथा बृहद साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । शुक्रबार आयोजित उक्त कार्यक्रममा नगरपालिकालार्ई कदरपत्र प्रदान गरिएको हो । नगरपालिकाले विगत २ वर्षदेखि तामाङ जातिको साँस्कृतिक पर्व सोनाम ल्होछारमा २ दिन विदा दिँदै आएको छ ।

नगरपालिकालाई प्रदान गरिएको कदरपत्रमा स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा २ (फ) बमोजिम नगरपालिकाले विगत दुई वर्षदेखि सोनाम ल्होछारमा दुर्ई दिने स्थानीय विदा दिर्ई  ल्होछारको प्रवर्द्धनमा नगरपालिकाले पुर्याएको योगदानको उच्च कदर गरिएको छ ।

उक्त कदरपत्र भने नेपाल तामाङ विद्यार्थी घेदुङ बाग्मती प्रदेशका अध्यक्ष अजय दोङले नगर प्रमुख खड्क खत्रीलाई प्रदान गरिएको हो ।

#सिन्धुली

 

सम्बन्धित खवर