×

नेपाली काँग्रेस निकट शुभेच्छुक संस्थाले कालो माक्स लगाएर रसुवामा बिरोध प्रदर्शन


माघ २४,लाङटाङखबर/काठमाडौं- प्रतिनिधिसभा बिघटनको विरोधमा रसुवा जिल्लामा काँग्रेस निकट शुभेच्छुक संस्थाले कालो माक्स लगाएर बिरोध प्रदर्शन गरेका छन् । शुभेच्छुक संस्थाले कालिका गाउँपालिकाको कालिकास्थानमा बिरोध सभा गरिएको काँग्रेस नेता तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिएका छन् ।

अध्यक्ष लम्सालका अनुसार बिरोध सभामा मौन जुलुससँगै उपस्थित सबैले कालो मास्क लगाएका थिए । बिरोध सभाको आयोजना भने काँग्रेस निकट नेपाल साँस्कृतिक संघ रसुवाले गरेको थियो ।

सभामा काँग्रेस निकट शुभेच्छुक संस्था नेपाल शिक्षक संघ, नेपाल साँस्कृृतिक संघ, प्रजातान्त्रिक विचार समाज तथा नेपाल भूतपूर्व सैनिक संघका प्रमुखको उपस्थिति रहेको थियो ।

मौन जुलुस सँगै कालो मास्कको प्रयोगले बिरोधको फरक रुप झल्काएको थियो । बिरोध सभाको सम्बोधन भने नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङ, नेपाल साँस्कृतिक संघ रसुवाका सभापति प्रशुनराज गुरुङ लगाएतले गरेका थिए ।

#रसुवा

सम्बन्धित खवर