×

‘भागिरथीको हत्या निर्मला प्रकरण जस्तो नहोस्’ प्रचण्ड–नेपाल


माघ २४,लाङटाङखबर/काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बैतडीमा किशोरीको बलात्कारपछि हत्या भएको घटनाबारे वास्तविकता पत्ता लगाउन माग गरेका छन् ।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्य–तथ्य सार्वजनिक गरी दोषिमाथि कडाभन्दा कडा कारवाही गर्न माग गर्दर्छौं ।’

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भागरथी भट्टको गत २२ गते बलात्कारपछि हत्या भएको थियो । विद्यालयबाट घर फर्किदै गरेको बेला १७ वर्षीया किशोरीमाथि उक्त घटना भएको हो ।

सम्बन्धित खवर