×

नेपाल तामाङ घेदुङले यसपालिको ल्होछार कार्यक्रम जुम भर्चुअल माध्यमबाट गर्ने


माघ २६, लाङटाङखबर/काठमाडौं- नेपाल तामाङ घेदुङले नजिकिदै गरेको ल्होछार २८५७ (लाङ, म्हे ल्हो) जुम मिटिङ (भर्चुअल)बाट गर्ने भएको छ । आज (सोमबार) काठमाडौंस्थित घेदुङको कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत जुमको माध्यमबाट ल्होछार कार्यक्रम आयोजना गर्न लागिएको घेदुङले जनाएको छ ।

नेपाल तामाङ घेदुङले प्रत्येक वर्ष काठमाडौंको टुँडीखेलमा ल्होछार कार्यक्रम गर्दै आर्ईरहेको थियो । विश्वमा फैलिएको कोभिड १९ को महामारीका कारण यो वर्षको ल्होछार भने जुम मिटिङ मार्फत गर्न लागिएको हो । विश्वका विभिन्न मुलुकमा प्रत्येक वर्ष ल्होछार कार्यक्रम मनाउँदै आएपनि यो वर्ष भने कोभिडका कारण रोकिएकोले नेपाल तामाङ घेदुङले पनि भौतिक उपस्थितिमा कार्यक्रम नगर्ने निर्णय गरेको उल्लेख छ ।

घेदुङले यहि आउँदो २९ गते साँझ ६ बजेबाट जुम मिटिङबाट कार्यक्रम सञ्चालन गर्नेछ । जस अनर्गत तामाङ समुदायको धरोहरको रुपमा रहेका संस्थाहरु, ताम्बा, लामा र बोन्बोबाट साङसेरगेम, मोलाम, पूजापाठ गरिनेछ । साथै तामाङ समुदायका चर्चित कलाकारहरुबाट साँगीतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान गरिने जनाएको छ । सम्पूर्ण शुभेच्छुक तथा ल्होछार प्रेमीहरुलाई जुममार्फत भर्चुअल समारोहमा जोड्न घेदुङले आग्रह गरेको छ ।

# घेदुङ

सम्बन्धित खवर