×

प्रचण्ड - नेपाल पक्षले गर्ने माघ २८ को विरोध प्रदर्शनको लागि नेतृत्वको भागबन्डा


माघ २६, लाङटाङखबर/काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले माघ २८ गते प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने भएको छ । प्रचण्ड नेपाल समुहको उक्त विरोध प्रदर्शनका लागि विभिन्न तह र तप्काका नेताहरुलाई जीम्मा दिइएको आजको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केन्द्रीय संघर्ष समितिले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौँको प्रदर्शनीमार्गमा आयोजना गर्ने प्रदर्शनमा उक्त दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने छ ।

पुल्चोकबाट निस्कने जुलुसमा स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा सङ्घ–प्रदेशका सांसदहरुको नेतृत्व रहनेछ । त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायत रहने विज्ञप्तिमा उल्लेख छ ।

माइतीघरको जुलुसमा भने अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, सङ्घ तथा प्रदेशका सांसदले नेतृत्व रहनेछ । 

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व  भने देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले रहनेछन् । साथै जमलबाट शुरु हुने जुलुसमा लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्य, पेशागत सङ्गठन हेर्ने केन्द्रीय सदस्य, पेशागत सङ्गठन हेर्ने केन्द्रीय सदस्यले गर्ने केन्द्रीय संघर्ष समितिको पिज्ञप्तिमा लेखिएको छ ।

#नेकपा #प्रचण्ड-नेपाल 

सम्बन्धित खवर