×

माघ ३० गते सोनाम ल्होछारको दिन सार्वजनिक विदा


माघ २७, लाङटाङखबर/काठमाडौं- सरकारले सोनाम ल्होछारको अवसरमा माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा गुरुङ जातिले मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित समुदायलाई मात्रै विदा दिएको थियो ।

सरकारले २०५१ सालदेखि सोनाम ल्होछारमा बिदा दिँदै आएको थियो । सरकारले २०७४ सालदेखि सोनाम ल्होछार सहित १२ वटा चाडपर्वको बिदा कटौति गरेको थियो ।

#सोनामल्होछार

सम्बन्धित खवर

निषेधाज्ञाको समयमा लैङ्गिक हिंसाको डर लाग्दो [...]

शान्तिबजार - डाँडागाउसम्मको निर्माणाधिन [...]

अमेरिकाद्धारा नेपाललाई कोभिड खोप उपलब्ध गराउने

प्रतिनिधिसभा सदस्य मोहन आचार्यद्धारा रसुवाका [...]

कोरोना संक्रमितको उपचार खर्च सार्वजनिक गर्न [...]

एक महिनामा त्रिभुवन विमानस्थलबाट १२ हजार नेपाल [...]

काठमाडौंको निषेधाज्ञा एक हप्ता थपिने,यी पसलहरु [...]

विवेकशील साझा पार्टीका नेता थापाको कोरोना [...]

अमेरिकी राष्ट्रपतिलाई राष्टपति विद्यादेवी [...]

चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो : डा [...]

नेपालमा कोरोना सङ्क्रमणको संख्या र मृत्युदर [...]

वैकल्पिक विधिबाट एसइई सञ्चालन गर्न सुझाव