×

माघ ३० गते सोनाम ल्होछारको दिन सार्वजनिक विदा


माघ २७, लाङटाङखबर/काठमाडौं- सरकारले सोनाम ल्होछारको अवसरमा माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा गुरुङ जातिले मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित समुदायलाई मात्रै विदा दिएको थियो ।

सरकारले २०५१ सालदेखि सोनाम ल्होछारमा बिदा दिँदै आएको थियो । सरकारले २०७४ सालदेखि सोनाम ल्होछार सहित १२ वटा चाडपर्वको बिदा कटौति गरेको थियो ।

#सोनामल्होछार

सम्बन्धित खवर

माधव नेपालसहित ११ निवर्तमान सांसद एमाले [...]

६ जनाको हत्या भएको सोती हत्याकाण्डको एक वर्ष

नेपालटारस्थित एक वृद्ध झुन्डिएको अवस्थामा फेला

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या [...]

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दावा गर्ने [...]

१३ अस्पतालमा अक्सिजन प्लान्ट र एचडियुका लागि [...]

वीर अस्पताललाई कोभिड युनिफाइड केन्द्रीय [...]

ओलीको दाउ प्रधानमन्त्री पदकै : १५३ सांसदको [...]

सभापति देउवाद्वारा १४९ सांसदको हस्ताक्षरसहित [...]

प्रधानमन्त्री ओलीले नियुक्त गरेका सात मन्त्री [...]

प्रधानमन्त्रीले ओलीले विश्वासको मत लिन नसक्ने [...]

अन्तत प्रतिनिधिसभाको सदस्यमा हारे गृहमन्त्री [...]