×

'हाकु युवा सोसार्ईटी' रसुवाको आयोजनामा २८५७ औं सोनाम ल्होछार कार्यक्रम हुँदै


माघ २९, लाङटाङखबर/काठमाडौं- रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं १ मा २८५७ औं सोनाम ल्होछार (म्हे, लाङ ल्हो) को अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएकोछ । उक्त कार्यक्रम माघ ३० गते हाकुबेसीस्थित 'हाकु युवा सोसाईटी' को आयोजनामा हुन लागेको हो ।

तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा आयोजित यस कार्यक्रममा विविध साँस्कतिक कार्यक्रम प्रस्तुत गरिने हाकु युवा सोसाईटीका अध्यक्ष रमेश तामाङले जानकारी दिएका छन् । उनका अनुसार स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । उक्त कार्यक्रम विशेषत तामाङ जातिको सँस्कृति तथा मौलिकतामा आधारित रहने उनको भनार्ई छ ।

हाकुवेसीमा हुने ल्होछार कार्यक्रमको आयोजकमा हाकु युवा सोसाईटी र नवज्योति महिला समुह रहेका छन् । यसैगरी आर्थिक तथा प्राविधिक सहयोगमा भने आदिवासी जनजाति सञ्जाल बोर्ड,रसुवा रहेका छन् ।

#रसुवा

सम्बन्धित खवर