×

नागरिक आन्दोलनको 'सिंहदरबार महिला मार्च'


माघ ३०,लाङटाङखबर/काठमाडौं- नागरिक आन्दोलनकर्ताहरुले शुक्रबार महिला अधिकार र बलात्कृृतहरुको विषयलार्ई लिएर सिंहदरबार महिला मार्च आन्दोलन गरेका छन् । काठमाडौंको बसन्तपुरबाट शुरु भएको महिला मार्चको जुलुस सिंहदरबार छेउमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । आन्दोलनकर्ताहरुले विभिन्न नारा, कविता र नाटकको माध्यमबाट सरकारको विरोध जनाएको थियो ।

नेपाली समाजमा बलात्कारका घटनाहरु दिनहु जस्तो हुने गरेको छ । बलात्कारीहरु खुलेआम हिँडिरहेका छन् भने छानबिनको नाममा पिडितहरुले झन धेरै पिडा भोग्नुपर्ने अवस्था रहेको छ । राज्यसत्ताले बलात्कारका घटनालाई वेवास्ता गरिरहँदा दैनिक निर्मला पन्त र भागरथि भट्टहरुले बलात्कृत भएर मारिनु परेको छ ।

पितृसत्तात्मक सोच बोकेको राज्य सत्ताले अझै पनि महिला दमन र शोसनलाई प्रोत्साहन दिईरहेको छ । हालसालै एकल महिलाहरुले विदेश भ्रमण गर्दा वडाको सिफरिस र घरपरिवारको अनुमति पत्र बुझाउनुपर्ने सरकारको प्रस्तावलार्ई सर्वत्र विरोध भैरहेको छ । विशेषत महिला अधिकारकर्मीहरुले यस प्रस्तावलाई खुलेरै विरोध गरिरहेको छ । नागरिक आन्दोलनले गरेको सिंहदरबार मार्चमा महिला अधिकारको हनन्, बलात्कारीहरुलाई राज्यले गर्ने बचाउलाई खुलेर विरोध गरेको छ ।

सिंहदरबार महिला मार्चमा लेखिएका, देखिएका पम्प प्लेट र सुनिएका नाराहरुमा, 'घरभित्र लोग्नेले कुट्छ, घर बाहिर राज्यले लुट्छ ।' 'आफ्नो औकातमा रहेर बस, सरकार भन्छ सहेर बस ।' 'तेरो विभेदकारी सुझाव चाँहिदैन ।' 'तँलार्ई सत्ताको नसा छ, निर्मला पन्तको दशा छ ।'

#महिलामार्च 

सम्बन्धित खवर

निषेधाज्ञाको समयमा लैङ्गिक हिंसाको डर लाग्दो [...]

शान्तिबजार - डाँडागाउसम्मको निर्माणाधिन [...]

अमेरिकाद्धारा नेपाललाई कोभिड खोप उपलब्ध गराउने

प्रतिनिधिसभा सदस्य मोहन आचार्यद्धारा रसुवाका [...]

कोरोना संक्रमितको उपचार खर्च सार्वजनिक गर्न [...]

एक महिनामा त्रिभुवन विमानस्थलबाट १२ हजार नेपाल [...]

काठमाडौंको निषेधाज्ञा एक हप्ता थपिने,यी पसलहरु [...]

विवेकशील साझा पार्टीका नेता थापाको कोरोना [...]

अमेरिकी राष्ट्रपतिलाई राष्टपति विद्यादेवी [...]

चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो : डा [...]

नेपालमा कोरोना सङ्क्रमणको संख्या र मृत्युदर [...]

वैकल्पिक विधिबाट एसइई सञ्चालन गर्न सुझाव