×

रसुवाको आमाछोदिङ्मोमा वृहद सोनाम ल्होछार कार्यक्रम हुँदै



फागुन २१,लाङटाङखबर काठमाडौं - राष्ट्रिया संगीतकर्मी संघ जिल्ला कार्यसमिति रसुवाको आयोजनामा यहि फागुन २२ गते वृहद सोनामा ल्होछार कार्यक्रम हुने भएको छ ।
तामाङ समुदायको महान चाड २८५७ औं लाङ (म्हे) ल्हो को अवसरमा आयोजना हुन लागेको यस कार्यक्रममा आमाछोदिङमो गाउँपालिका प्रमुख बुचुङ तामाङको अध्यक्षता रहने आयोजकले जनाएको छ ।
उक्त वृहद सोनाम ल्होछार तथा साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको जोडदार प्रस्तुती रहनेछ । विशेषत तामाङ समुदायको पर्व सोनाम ल्होछारलाई प्रवद्र्धन तथा सम्बद्र्धन गर्ने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।

सम्बन्धित खवर