रसुवामा बृहत लोछार तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
फागुन २२,लाङटाङ खबर काठमाण्डौ- राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रसुवाको आयोजनामा आमाछोदिङमो गाउँपालिकामा बृहत लोछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आमाछोदिङमो गाउँपालिकाका प्रमुख बुजुङ तामाङ, उप प्रमुख नविन लामा, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
आफ्नो मौलिक परम्परा र संस्कृति जगेर्ना गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ । राष्ट्रिय संगीतकर्मी संघ रसुवाका अध्यक्ष दावा फिन्जो तामाङका अनुसार रसुवामा लुकेर बसेको कलाप्रेमीहरुलाई प्रोत्साहन र हौसला दिन साथै, रसुवाको स्थानिय भेषभूषा र परम्परालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन मदत पुगोस् भनेर कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु र स्थानीय कलाकाहरु बेजोड प्रस्तुती रहेको थियो । साथै स्थानिय स्याब्रु नाच देखि लिएर विभिन्न लोपोन्मुख नाचगानहरुले कार्यक्रमलाई आकर्षित बनाएको थियो ।