×

रसुवाको कालिका गाउपालिकामा बृहत सोनाम ल्होछार कार्यक्रम हुँदै


फागुन २३,लाङटाङखबर काठमाडौ-गोम्वोडाडा युवा समाज नेपाल रसुवाको आयोजनामा यहि फागुन २९ गते बृहत सोनामा ल्होछार कार्यक्रम हुने भएको छ । 

तामाङ समुदायको महान चाड २८५७ औं लाङ (म्हे) ल्हो को अवसरमा आयोजना हुन लागेको यस कार्यक्रममा संविधान सभा सदस्य  जनार्दन ढकाल ज्युको प्रमुख  अतिथिमा रहने र विशेष अतिथिहरुमा बागमति प्रदेश सभा सदस्य शान्ति थिङ कलिका गाउपालिका प्रमुख सिता कुमारी  अधिकारी र कलिका  उप -प्रमुख  भावनी प्रसाद न्यौपाने रहेको आयोजकले जनाएको छ । 

उक्त वृहद सोनाम ल्होछार तथा साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको  जोडदार प्रस्तुती रहनेछ । विशेषत तामाङ समुदायको पर्व सोनाम ल्होछारलाई प्रवद्र्धन तथा सम्बद्र्धन गर्ने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।

सम्बन्धित खवर