×

रसुवामा १११ औं महिला दिवसको अवसरमा लैङ्गिक हिंसा बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न


फागुन २४,लाङटाङखबर/काठमाडौं- रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका ५ ठूलोभार्खुमा लैङ्गिक हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रसुवा महिला संजालले जनचेतना फैलाउने उदेश्यकासाथ यस कार्यक्रमको आयोजाना गरिएको हो ।

ठूलोभार्खुमा घरेलु हिंसा, झैझगडा, कुटपिट जस्ता घटना बढ्न थालेपछि लैङ्गिक हिँसाबारे चेतना जगाउन कार्यक्रमको आयोजना गरिएको रसुवा महिला सञ्जालका अध्यक्ष सुनितामाया गुरुङको भनाई छ । यस अघि यो गाउँमा जनचेतना फैलाउने सम्बन्धि कुनैपनि कार्यक्रमको आयोजना भएको थिएन । आगामी दिनमा यस गाउँलाई सचेत बनाउन जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै जाने अध्यक्ष गुरुङले बताइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रको बारेमा स्थानियले गरेको सवालमा रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डे, रसुवा महिला संजालका अध्यक्ष सुनितामाया गुरुङले जवाफ दिएका थिए ।

सम्बन्धित खवर