×

काठमाडौंको आकाश तुवाँलोले ढाकेपछि हवाई उडान बन्द


चैत १२,लाङटाङखबर/काठमाडौं - काठमाडौंको आकाशमातुवाँलो लागेपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्ध भएको छ । बाक्लो तुवाँलोका कारण मौसम प्रतिकुल भएपछि शुक्रबार दिउँसो २ ः १० देखि उडान बन्द गरिएको विमानस्थलले जारी गरेको सूचनामा उल्लेख छ । 

विमानस्थलले जारी गरेको सूचना अनुसार अहिले भिजिविलिटी हजार मिटरको दूरीसम्म मात्रै रहेको छ । उडान बन्द गरे लगत्तै काठमाडौंका लागि उडान भरेका आन्तरिक एयरलाइन्सहरु सुरक्षित स्थानतर्फ मोडिएका छन् । पोखराबाट काठमाडौंका लागि उडान भरेका यति एयरलाईन्स जनकपुर अवतरण गरेका छन् भने, नेपालगञ्जबाट उडान भरेका बुद्ध एयर भैरहवामा अवतरण गरेको उक्त सूचनामा उल्लेख छ । 

आकाश नखुलेपछि हङकङबाट काठमाडौंका लागि उडान भरेको अन्तर्राष्ट्रिय क्याथे प्यासिफिक अपरान्ह ३ बजेदेखि आकाशमा होल्डमा बसेको छ । साथै दिल्लीबाट उडान भरेको नेपाल एयरलाईन्स, एयर इन्डिया र साउदीबाट आएको हिमाल एयरलाइन्स पनि आकाशमै रहेको छ ।

सम्बन्धित खवर