×

भारतमा एक करोड २१ लाख कोरोना सङ्क्रमित


चैत १८, लाङटाङखबर/ काठमाडौं - भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जनामा कोरोना पुष्टि भएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार नाघेको छ ।

सो अवधीमा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

 कूल सङ्क्रमितमध्ये हाल पाँच लाख ५२ हजार ५६६ जना उपचाररत छन् । साथै १ करोड १४ लाख ३४ हजार ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । 

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ३० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

सम्बन्धित खवर