×

बिरामी भर्ना नलिने भन्दै अस्पतालले जारी गरेको विज्ञप्तिप्रति प्रशासनको ध्यानाकर्षण


बैशाख ३०, काठमाडौं - काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

विभिन्न अस्पतालले अक्सिजन अभावको कारण बिरामीलाई भर्न गर्न नसकिने तथा भर्ना भएका बिरामीको समेत उपचार गर्न कठिन भइरहेको बारे सार्वजनिक सूचना जारी गरिरहेको छ । यससन्दर्भमा प्रशासनले मानवीय संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको छ । यस संकटको घडीमा सङ्क्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको समेत प्रशासनले जानकारी गराएको छ ।

अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रशासनले जारी गरेको विज्ञिप्ति अनुसार यस्तो अवस्थामा मानवीय संवेदनशीलतालाई बुझी आआफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाहका लागि समेत सार्वजनिक ध्यानाकर्षण गरिएको छ ।

सम्बन्धित खवर