×

नयाँ सरकार गठन गर्ने आज अन्तिम दिन, को बन्ला प्रधानमन्त्री ?


बैशाख ३०, काठमाडौं - संसदमा विश्वासको मत गुमाएपछि आह्वान भएको गठबन्धन सरकार निर्माणको समय सीमा आज सकिँदैछ । यससँगै दलहरुबीच समसामयिक परिस्थितिबारे छलफल सुरु भएको छ ।

बहुमत जुटाई नयाँ सरकार गठन गर्ने समय सीमाको अन्तिम दिन आज एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका हुन् । एमाले अध्यक्ष ओलीले संसदमा विश्वासको मत (बहुमत) प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत जुटाई नयाँ सरकार गठन गर्न विपक्षी दललाई दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।

नेपाल पक्षका सांसदले राजीनामा दिँदा नयाँ प्रधानमन्त्री बन्न कस्सिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत पुग्ने हुँदा त्यसलाई रोक्न ओली सक्रिय भएका हुन् । नेपाल पक्षका कम्तीमा १६ सांसदले राजीनामा दिँदा संसदको कूल सदस्य संख्या घट्ने र जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि विपक्षी गठबन्धनलाई बहुमत पुग्ने आंकलन भइरहेको छ । एमालेमा असन्तुष्ट खनाल–नेपाल पक्षले आजै राजीनामा बुझाउने तयारी पनि गरेको छ । तर राजीनामा दिने कि नदिने भन्नेबारे उनीहरु अन्तिम निर्णयमा पुगिसकेका छैनन् ।

सम्बन्धित खवर