×

ओमनबाट ५६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुग्यो


जेठ १, काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमनको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा  सहयोगस्वरुप प्राप्त सिलिण्डर  निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो ।

अक्सिजन सिलिण्डर लिन निगमको जहाज शनिबार बिहान मस्कट उडेको थियो । यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज शनिबार राति  ११ बजे त्यसतर्फ जाने बताइएको छ ।

सम्बन्धित खवर