×

शनिबार थप ८ हजार १६७ जनामा कोरोना संक्रमण


जेठ १, काठमाडौं - नेपालमा थप आठ हजार १६७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९७१ जनाको पिसिआर तथा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ४६ र १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना सङ्क्रमित ४ लाख ७७ हजार ४ जना पुगेका छन् । हालसम्म २७ लाख ५१ हजार ४८१ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । कोरोना निको दर भने ७४ दशमलव ४ प्रतिशत छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ४ हजार ८५६ पुगेको छ । आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको संख्या १ लाख ९ हजार ७४०  छ ।

सम्बन्धित खवर