×

चुनावको लागि अर्थ मन्त्रालयसँग निर्वाचन आयोगले माग्यो ७ अर्ब ७ करोड रपैयाँ


माघ २१,लाङटाङखबर/काठमाडौं- मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेटको माग गरेको छ । आयोगले आगामी बैशाख १७ र २७ गते तोकेको निर्वाचनका लागि ७ अर्ब ७ करोड रुपैयाँको माग गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि सो रकम आवश्यक पर्ने भएको हो ।

आयोगले कोभिड–१९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ प्रस्ताव गरेको छ । निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको पनि आयोगले जनाएको छ ।

#निर्वाचनआयोग

सम्बन्धित खवर